शनिबार, फागुन २, २०८२

उपप्रधानमन्त्री श्रेष्ठले दिए तीजको शुभकामना

मेरोन्यूज २०८० भदौ २९ गते १६:४७

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौं पक्षहरू भएको र तीज पर्वलाई पनि पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार गृह मन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उनले महिला कर्मचारीहरूलाई तीजको शुभकामना समेत दिए।

तीज एक सामाजिक-सांस्कृतिक पर्व भैसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्ने र खानपिन तथा लगाईखुवाईको अनावश्यक तडकभडक देखाएर यसलाई विकृत बनाउन नहुने उनले बताए। ‘उल्लास त गर्ने नै हो।’ उनले भने ‘तर आफ्नो जिम्मेवारीमा सधैं प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर।’

निरंकुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उनले स्मरण गरे। महिला कर्मचारीसहित एकैछिन नाचेका श्रेष्ठले शरीरसँगै मन पनि नाच्नुपर्ने र योगध्यानलाई पनि नियमित गर्नुपर्ने बताए।

प्रतिक्रिया