प्रधानमन्त्री अमेरिका जाने दिन नै बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं। प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा निस्कने दिन नै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई भारत जान लागेका छन् ।
प्रधानमन्त्री आज सँझ अमेरिका जाँदैछन् । डा बाबुराम भट्टराई पनि आजै एक साता लामो भ्रमणका क्रममा भारत प्रस्थान गर्दैछन् ।
कुनै समय एकै पार्टीका नेता समेत रहेका प्रचण्ड र बाबुरामका बीचमा केही समय अगाडी फेरि पार्टी एकताको प्रयास भएको थियो । तर समाजवादी मोर्चा निर्माणका क्रमदेखि फेरि सम्वन्ध चिसिन थालेको छ ।
यही क्रममा प्रचण्डको अमेरिका भ्रमणका बेला बाबुरामको दिल्ली भ्रमण किन भन्ने प्रश्न थियो । तर बाबुरामको सचिवालयले भट्टराई पार्टीको आन्तरिक कामले दिल्ली जान लागेको बताएको छ । बाबुरामले भारत भ्रमणका क्रममा नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने भट्टराईको सचिवालयले जानकारी दिएको छ।
भारत बसाईका क्रममा डा भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ। डा. भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुनेछ।
नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई आज भारत जान लागेका हुन् । डा. भट्टराई असोज ५ गते स्वदेश फर्कनेछन्।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया