प्रधानमन्त्रीसँग अमेरिका प्रस्थान गरेको टोलीमा को- को छन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका छन् ।
राष्ट्रसंघको महासभामा भाग लिन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसँग आज उनी सहित ८ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।
यस अगाडी परराष्टमन्त्री नारायणप्रसाद साउद (एनपी) अमेरिका प्रस्थान गरिसकेका छन् ।
प्रधानमन्त्रीको भ्रमण टोली सुरुमा २४ सदस्यीय बनाउने तयारीमा परराष्टमन्त्रालय लागेको थियो । प्रधानमन्त्रीको सचिवालकै १० जनासम्मले अमेरिका भ्रमणमा जाने गरि तयारी गरेका थिए ।
तर अन्तिम समयमा प्रधानमन्त्रीले आफनो भ्रमण टोली काँटछाँट गरेर सानो टोली बनाएर अमेरिका प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीसँग आज उनका छोरी गंगा दाहाल, परराष्ट सचिव भरतराज पौडेल, परराष्ट मन्त्रालयका चिफ अफ प्रोटोकल दिलिप कुमार पौडेल, प्रोटोकल अफिसर उत्तम प्रसाद न्यौपाने, सुरक्षातर्फ सेनाका लेफ्टिनेट कर्णेल निरज भण्डारी, प्रहरीका एसपी सिद्धराज न्यौपाने र प्रधानमन्त्रीका फोटो पत्रकार समेत रहेका राष्टिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज पन्त भ्रमण टोलीमा सहभागी छन् ।
प्रधानमन्त्रीसहित ८ जनाको टोली अमेरिका प्रस्थान गर्नुभएको हो, परराष्टमन्त्रालय ले जनाएको छ ।
प्रधानमन्त्रीले राष्टसभामा ४ असोजमा सम्बोधन गर्ने कार्यतालिका छ । उनी ५ असोजमा अमेरिकाबाटै चीन भ्रमणमा जानेछन् ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया