कैलालीको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले लिन सकेन गति

कैलाली । कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन । यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन नसकेको हो ।
दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता गरिएको धनगढी –७ स्थित पटेलामा क्षेत्रीय सहरी विकास आयोजनाले केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।
एसियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले जानकारी दिए ।
उनका अनुसार दुई वर्षभित्रै एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गत वर्ष पुस महिनामा रु ९६ करोड ८२ लाख ३९ हजार छ सय ४६ मा सो चिनियाँ कम्पनीसँग सम्झौता भएको हो ।
सो केन्द्र निर्माणस्थलमा झण्डै दुई हजार रुख काट्नुपर्ने देखिएको छ । रुख कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) समेत स्वीकृत भइसकेको जनाइएको छ । गत फागुन १५ गते इआइए स्वीकृत भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले जनाएको छ । तर केन्द्र निर्माणको काम भने अलपत्र परेको छ ।
रूख कटान अनुमतिका लागि प्रतिवेदन वन मन्त्रालयमा बुझाइसकिएको आयोजना कार्यालयले जनाएको छ । फोहरमैला व्यवस्थान केन्द्र बनाउन २२ हेक्टरमा करिब दुई सय बिरुवा काट्नुपर्ने क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर कलौनीको भनाइ छ ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया