गैह्रीगाउँ हत्या : सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
मेरोन्यूज
२०८० भदौ ३१ गते १४:०४

काठमाडौं । गैरीगाउँमा चार जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आज उनलाई पक्राउ गरेकाे हो ।
पक्राउ परेका यी व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजमा देखिएका थिए । उनी घटनास्थलबाट भक्तपुरतर्फ जाँदै गरेकाे लागेको दृश्य सीसीटीभी क्यामरामा कैद भएको छ ।
शुक्रबार मध्यराति धारिलो हतियार प्रहार गरी गैरीगाउँस्थित दिव्य सस्मिलका सुरक्षागार्ड कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो।
प्रहरीले हिजो घटनाबारे जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो।
सम्बन्धित
















विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया