मागेको २९ जिल्ला न्यायाधीश, पास एक जना
मेरोन्यूज
२०८० भदौ ३१ गते १५:०८

काठमाडौं । जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जना मात्र लिखित परीक्षा उतीर्ण गर्न सफल भएका छन् । २६ जेठमा न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा २११ जनाले लिखित परीक्षा दिएकामा एक जना मात्रै पास भएका हुन् । पारसमणि पोखरेल मात्र उतीर्ण हुन सफल भएका हुन् । उनको अन्तर्वार्ता सोमबार हुँदैछ ।
२९ जना जिल्ला न्यायाधीशका लागि गरिएको विज्ञापनमा आन्तरिक खुलामा १५ जना, खुला प्रतियोगितामा ७ जना, महिला २, आदिवासी जनजाति २, मधेशी २ र दलित १ जना माग गरिएको थियो ।
पोखरेलले आन्तरिक खुलाको १५ र खुला प्रतिस्पर्धाको ७ पदमा प्रतिस्पर्धा गरेका थिए । न्याय सेवाको न्यायप्रशासन समूहका पोखरेल सर्वोच्च अदालतमा कार्यरत छन् ।
न्याय सेवा आयोगले गरेको विज्ञापन अनुसारको परीक्षा भने लोकसेवा आयोगले लिँदै आएको छ ।

सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया