आज सुदूरपश्चिमका जिल्लाहरुमा ‘बुढी पोल्ने’ पर्व मनाइदै

काठमाडौं । आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा बुढी पोल्ने पर्व मनाइदैछ । भाद्र १ गते ओल्के संक्रान्तीकादिन रुख तथा झ्याङलाई काटेर कुनै सार्वजनिक स्थानमा गाडिएको ‘बुढी’लाई आजको दिन पोल्ने चलन रहिआएको छ । जस्लाई राक्षसी पुतनाको संघ्या दिने गरिएको छ ।
आज साँझपखको समयमा सबैको घरघरबाट एकै साथ आगोको राँको लिएर ‘बुढी’ गाडेको ठाउँमा गएर बुढी पोल्ने गरिन्छ । साँझपख बुढी पोल्ने क्रममा काँक्रो चपाएर जलेको पुतनामा फाल्दै थूई बुढी थुई भन्ने गरिन्छ ।यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग जोडिएको छ ।
भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको हो । बुढीलाई पोलेपछि दुःख कष्ट पनि नास हुने धार्मिक मान्यता रहेको छ ।

















निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपति लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
१३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया