हामीलाई सरकारबाट फाल्दिने रणनीतिमा एमसीसीको विरोध भइरहेको छः माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीकै कारण अमेरिकी सहायता परियोजना एससिसीको ब्याख्यात्मक घोषणा भएको बताएका छन् ।
पार्टी निकट नेवाः संगठनले सोमबार काठमाडौंका आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले एमसीसीको विरोध गरेर एकीकृत समाजवादीलाई सरकारबाट फाल्दिने खेल भइरहेको बताए
‘केही केही मानिसको गीतै के छ भने एमसिसीलाई बहिष्कार गर्नुपर्छ। अरू केही होइन, एमसिसीको विरोध गरेर हामीलाई सरकारबाट फाल्दिने, कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने, विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा हेरेर बस्ने अनि जनताले हामीलाई वाहवाह क्रान्तिकारी भनेर जनताले साथ दिनेथिए भनेर हवाई कल्पना गर्नेबाहेक केही पनि होइन,’ अध्यक्ष नेपालले भने।
उनले एमसिसीको विरोध गरेकैले वाहवाही पाउने भए नेपाल मजदुर किसान पार्टी देशव्यापी बन्ने दाबी गरे ।
‘हामीलाई थाहा छ, एमसिसीको घोर विरोध गरेको नेपाल मजदुर किसान पार्टीले त्यही विरोधको कारणले वाहवाही पाउँथ्यो भने अहिले देशव्यापीरूपमा फैलिइसक्ने थियो। एमसिसीको विरोध गरेकैले मोहन विक्रमजी (राष्ट्रिय जनमोर्चा)को पार्टीलाई सारा देशका जनताले भोटभोटै खसालेर सय सिट दिने थिए, हुँदो रहेनछ,’ उनले भने।
पहिलेका कम्युनिस्ट सरकारहरूले मुलुकको स्वाभाविमानमा, स्वाधिनतमा असंलग्न परराष्ट्र नीतिमा असर गर्ने सम्झौता रहेको दाबी गर्दै अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा गरेर आफूहरूले नेपालको हात माथि पार्ने काम गरेको उल्लेख गरे ।
‘हाम्रो मुलुकको स्वाभिमान, स्वाधिनता र तटस्थ परराष्ट्र नीतिमा असर पर्ने कुराहरू हामीले देखेका हौं। त्यसपछि हामीले व्याख्यात्मक टिप्पणी भनेर त्यसको अंग बनाएका हौं, केहीकेही पार्टीहरूले केही थप्नु पर्दैन, यसमा कुनै कुरा संशोधन, परिमार्जन गर्नुपर्दैन, यथास्थितिमा पास गर्नुपर्छ भनेर भनेका थिए। यदि हामीले त्यसलाई व्याख्यात्मक घोषणाको रूपमा थप्ने काम नगरेको भए एमसिसी यथास्थितिमा पास हुने थियो। नेपालको हात तल पर्ने थियो,’ नेपालले भने ।
उनले एकीकृत समाजवादी पार्टीको पहलकदमीमा व्याख्यात्मक टिप्पणी ल्याएर स्वाभाविमानको रक्षा गरेको र असंलग्न परराष्ट्र नीतिको रक्षा गरेको बताए ।

















निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपति लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
१३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया