दैलेखमा चट्याङ लागेर १६ वर्षीय युवकको मृत्यु
मेरोन्यूज
२०८० असोज २ गते ६:५०

काठमाडौँ । दैलेखमा चट्याङ लागेर १६ वर्षीय युवकको मृत्यु भएको छ। घटनामा अन्य नौ जना घाइते भएका छन्।
महाबु गाउँपालिका–३ बासी घर भएका १६ वर्षीय किशोर दाहालको चट्याङ लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक बिष्टले सोमबार तीजको मेला हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लो भन्ने ठाउँमा चट्याङ लाग्दा किशोरको मृत्यु भएको जानकारी दिए ।
किशोरसँगै रहेका अन्य नौ जना चट्याङले घाइते भएका छन्। घाइते मध्ये केहीलाई बढी चोट लागेको प्रहरीले जनाएको छ।
चट्याङबाट गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा मृत्यु भएको हो। नौ जना घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया