रूपन्देहीमा गयराति भएको ग्याङ फाइटमा एक जनाको मृत्यु, तीन घाइते

बुटवल । रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ। झडपमा परेर तीन जना घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
प्रहरीले विभिन्न जिल्लाबाट रूपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबीच तिलोत्तमा नगरपालिका–९ केउलानीमा सोमबार राति झडप भएको थियो। मदिरा सेवन गरिरहेका उनीहरूबीचमा सामान्य विवाद बढ्दै जाँदा झडप भएको हो।
प्रहरी नायब उपरीक्षक थापाले झडपमा परी हेटौडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको जानकारी दिए । अर्को समूहको चक्कु प्रहारबाट गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।
झडपमा घाइते भएका काठमाडौं महानगरपालिका–१ का विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
प्रहरी नायब उपरिक्षक थापाले झडपमा संलग्न रहेको आशंकामा १३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिए।
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया