एम्बाप्पे र हाकिमीको गोलमा पिएसजी विजयी
मेरोन्यूज
२०८० असोज ३ गते ७:२३

काठमाडौँ । पिएसजीले यस सिजनको युइएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।
समुह चरणको पहिलो खेलमा पिएसजीले डोर्टमण्डमाथि २-० को जित निकाल्दै विजयी शुरुवात गरेको हो ।
पिएसजीको जितमा किलियन एम्बाप्पे र अचरफ हाकिमीले एक एक गोल गरेका थिए ।
यो जितसँगै समुह एफ मा रहेको पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । त्यसैगरी यस समुहमा रहेका एसी मिलान र न्यूक्यासल भने गोलरहित बराबरीमा रोकिएपछि एक एक अंक बाँडेका छन् ।
पिएसजीले अब च्याम्पियन्स लिग अन्तर्गत अर्को खेल अक्टोबर ५ मा न्यूक्यासल युनाइटेडविरुद्ध खेल्ने तालिका रहेको छ ।
सम्बन्धित
















आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया