शुक्रबार, फागुन १, २०८२

छोरी भेटेर फर्किदा आमाको भीरबाट लडेर मृत्यु, शव झिक्न सकस

मेरोन्यूज २०८० असोज ३ गते १२:२९

हेटौडा । छोरी भेटेर फर्किदा आमाको भीरबाट लडेर मृत्यु भएको छ । यो घटना मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ ठूलोटारको हो । ठूलोटारस्थित छोरीको घरमा आएर छोरी भेटेर फर्किदा उक्त गाँउपालिकामै घर भएकी ९१ वर्षिय आमाको निधन भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

उनी भिरबाट लडेकी थिइन् । ९१ वर्षीया पुतलीमाया घलान छोरीको घरमा पुगेका बेला गत भदौ ३० गतेदेखि हराएकी थिइन्।

पुतलीमाया छोरीको घरबाट हराएको भनेर भदौ ३१ गते नै प्रहरी चौकी सिस्नेरीमा निवेदन आएपछि खोजी थालिएको थियो।

आफन्तले खोजी गर्ने क्रममा पुतलीमायाको भिरबाट लडेर मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

पुतलीमायाको छोरीको घरनजिकै भिरबाट करिब २०० मिटर तल खसेर मृत्यु भइसकेको भेटिएको हो। प्रहरी पुगेर पनि उनको शव निकाल्न सकेको छैन ।

अहिले शव झिक्न बागमती प्रदेश प्रहरी कार्यालयबाट बिपद ब्यवस्थापन युनिट प्रहरी नायव निरीक्षको नेतृत्वमा खटिएको छ।

प्रतिक्रिया