डा.भण्डारी र विश्वकर्मासहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित
मेरोन्यूज
२०८० असोज ४ गते १४:२७

काठमाडौँ । नेपाली कांग्रेसमा ८ जना केन्द्रीय सदस्य मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले डा.चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।
केन्द्रीय सदस्यमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) छन् ।
मनोनित भएकामध्य प्राय १४ औँ महाधिवेशनमा पराजित भएका अनुहार छन् । डा. भण्डारी उपसभापति, विश्वकर्मा सहमहामन्त्रीमा पराजित भएका हुन् । जोशी गण्डकी सभापति र शाह लुम्बिनी सभापतिमा पराजित भएका हुन् ।

सम्बन्धित

















निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपति लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
१३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया