शिक्षक आन्दोलनले विद्यार्थीको पढ्न पाउने हक कुण्ठित हुन हुन्न : रास्वपा

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ। मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यालय बन्द गरेर आन्दोलन गर्नु उपयुक्त नहुने रास्वपाले उल्लेख गरेको छ ।
बिहीबार महामन्त्री डा.मुकुल ढडकालले विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय अपनाउन र विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेका छन् ।
‘शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरूप्रति हार्दिक अनुरोध गर्दछौं,’ महामन्त्री ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विद्यार्थीहरूको उज्जवल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरूको हकहित सुनिश्चित हुनुपर्ने रास्वपाले बताएको छ।
‘शिक्षकहरूले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रूपमा रहन नहुने हाम्रो नीति रहेको छ। शिक्षकहरूको पेशागत विकासका मागहरूमा हामी एकै ठाउँमा उभिन तयार छौं,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यो संवेदनशील विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गरिरहेको बताएको छ। त्यस्तै सरोकारवाला र विज्ञहरूसँग परामर्श गरी रास्वपाले यस विधेयकका सम्बन्धमा आफ्नो धारणा तथा संशोधन प्रस्ताव राख्ने पनि विज्ञप्तिमा उल्लेख छ।


















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया