आज शिक्षकहरुसँग सहमति हुनेमा विश्वस्त छौँ : मन्त्री गुरुङ
मेरोन्यूज
२०८० असोज ५ गते ९:५५

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूसँग औपचारिक छलफल हुनुअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र सरोकारवाला मन्त्रीहरुबीच छलफल भएको छ ।
सिंहदरबारमा शुक्रबार बिहान भएको उक्त छलफलबारे जानकारी दिँदै कानुनमन्त्री धनराज गुरुङले शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल भएको बताए ।
उनले केही बेरमा सरकारी टोली र शिक्षक महासङ्घका प्रतिनिधिबीच औपचारिक छलफल हुने बताए । ‘हामीले शिक्षकहरुका सबै मागका विषयमा छलफल गरेका छौँ । सम्भवतः आजको वार्तामा सहमति जुट्छ ।’ उनले भने ।
विद्यालय शिक्षा विधेयकको विरोधमा महासंघको अगुवाइमा शिक्षकहरू आन्दोलनमा उत्रीएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।
शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् ।
सम्बन्धित

















निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपति लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
१३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्रतिक्रिया