आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सर्यो

काठमाडौं । आन्तरिक छलफलका लागि भन्दै सरकारले थप समय मागेपछि आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सरेको छ ।
बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भनेपनि आन्तरिक छलफलमा दुवै टोली जुट्ने भन्दै वार्ता समय सारिएको हो ।
बिहान ९ बजे नै आन्दोलनरत शिक्षकका प्रतिनिधिहरु छलफलका लागि सिंहदरबार पुगेका थिए । तर आज बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका थिए ।
छलफलपछि कानूनमन्त्री गुरुङले आज नै वार्ता निष्कर्षम पुग्ने बताएका थिए । तर दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनेसँगै वार्ता समय सरेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। उनले वार्ताका लागि दुवै पक्ष आन्तरिक तयारीमा जुटेको बताए ।
उनले भने, ‘दुवै पक्ष आन्तरिक तयारीमा छ । वार्ताले आकार लिएको छैन । हामी आन्दोलन परिचालन समितिको बैठक बस्छौँ । वार्ता समिति बनाउँछौँ । यताबाट वार्ता समिति बनेको छ । आन्तरिक गृहकार्यमा जान्छौँ । सरकार पनि आन्तरिक गृहकार्यमा छ । त्यसपछि औपचारिक संवाद शुरु हुन्छ । आन्दोलन जारी छ ।’
उनले वार्ता निष्कर्षमा पुग्ने टुंगो नभएकाले आन्दोलन भने जारी रहने बताए ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया