प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनका बीचमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री र त्यहाँका राष्ट्रपतिका बीचमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति जो बाइडेनका बीचमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्तामा श्रीमती जिल बिडेन र प्रधानमन्त्री प्रचण्डको छोरी पनि सहभागी भएका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रसंघको महासभालाई सम्बोधन गरिसकेका छन् ।
उनी आजै त्यतैबाट सिधै चीन भ्रमणमा निस्कनेछन् । प्रधानमन्त्री भदौं ३० मा अमेरिका प्रस्थान गरेका थिए । अमेरिकाबाट आजै चीन भ्रमणमा निस्कने प्रधानमन्त्री असोज १३ मा मात्रै काठमाडौं फर्किनेछन् ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया