खानेपानी संस्थानका शाखा प्रमुख साह भ्रष्टाचारका मुद्दामा दोषी ठहर

काठमाडौँ । खानेपानी संस्थानको बुटवल शाखा कार्यालय प्रमुख सन्तोष साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुसीप्रसाद थारूको इजलासले उनलाई दुई मुद्दामा दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ असोज ०७७ मा साहसमेतलाई प्रतिवादी बनाई चलाएको मुद्दामा साह दोषी ठहर भएका हुन् ।
अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले साह र अनिता निर्माण सेवाको सञ्चालिका शान्ति रानालाई जनही दुई–दुई वर्ष कैद सजायको फैसला भएको जानकारी दिए ।
‘उहाँहरूबाट जनही आठ लाख २२ हजार रुपैयाँ जरिवाना भराउने फैसलामा छ । साथै, प्रतिवादी सन्तोष साहबाट आठ लाख २२ हजार रुपैयाँ असुलउपर गर्ने फैसला भएको छ,’ कार्कीले भने ।
साहलाई स्रोत नखुलेको नगद दुई लाख ३३ हजार पाँच सय रुपैयाँ रकमसहित धादिङबाट काठमाडौं आउँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको थियो । त्यो रकम उनले बुटवलमा पाइप लाइन विस्तारको जिम्मा पाएको अनिता निर्माण सेवाबाट कमिसन लिएको खुलेको थियो ।
निर्माण कम्पनीकी सञ्चालक शान्ति रानाले निर्माण सेवाको कम्पनीबाट आठ लाख २२ हजार रुपैयाँ कार्यालय प्रमुख साहका बुबा रामनारायण साहु सुडीको खातामा हालिदिएकी थिइन् ।
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया