शाओमीको नेपालमा ५ वर्ष पुरा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५ वर्ष सफलतापूर्वक पूरा गरेको छ । सन् २०१८ मा लन्चभए देखि नै शाओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । कम्पनीको सफलताको श्रेय उसको इनोभेसन र किफायती मूल्यमा उच्च गुणस्तरका स्र्माटफोनहरू उपलब्ध गराउने प्रतिबद्धतामा समर्पित रहेको कम्पनीले जनाएको छ ।
विगत पाँच वर्षमा शाओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो उपस्थितिलाई निरन्तर बढाउँदै आएको छ । उत्कृष्ट उत्पादन र अत्याधुनिक प्रविधिलाई उपभोक्ता माझ पु¥याउने ब्राण्डको अटल समर्पणले नेपाली ग्राहकवर्गको हृदयमा विशेष स्थान कमाएको छ । शाओमी नेपाल उच्च गुणस्तरको प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो लक्ष्यमा अडिग रहेको छ । साथै नेपालमा आफ्ना प्रोडक्ट अफरिङ् तथा ग्राहक अनुभवलाई थप वृद्धि गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
विगतका वर्षहरू जस्तै शाओमी नेपालले ग्राहकवर्गको चाडपर्वलाई थपविशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलहरूमा रु. २००० सम्मको आकर्षक छुट प्रदान गरिरहेको जनाएको छ । शाओमी नेपालले ‘चाडपर्वको मुड, अफर टु गुड’ घोषणा गरी शाओमी फ्यानबेसका लागिखुसी फैलाउने र उल्लेखनीयअफरहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “हामी नेपालमा हाम्रो ५ औं वार्षिकोत्सव मनाउन पाउँदा धेरै खुसी छौँ । यस सुन्दर देशमा शाओमीको यात्रा उल्लेखनीय रह्यो र हामी ग्राहकवर्गहरू तथा पार्टनरहरूको विश्वास र समर्थन प्रति आभारी छाँै । हामी आशा गर्दछौँ कि यो सर्पोट भविष्यमा पनि जारी रहनेछ ।”


















कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया