कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न ठाउँमा पर्यटकीय केन्द्रमा नमुना बस्ती निर्माण गर्ने भएको छ ।
बजेट कार्यक्रम अन्तरर्ग नै कर्णालीका विभिन्न पर्यटकीय ठाउँमा नमुना बस्ती निर्माण गर्ने योजना अगाडि सारिएको हो । सङ्घीय सरकारसँगको सहकार्यमा नमुना बस्ती निर्माण गरिने जनाइएको छ ।
त्यसअन्तरगत सङ्घीय सरकारसँगको संयुक्त लगानीमा डोल्पाको शे–फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन बस्ती रिङ्मोलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीका रूपमा रूपान्तरण गर्ने योजना अगाडि सारिएको छ । नेपालको अद्वितीय प्राकृतिक तथा धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न रिङ्मो बस्ती विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । त्यसका लागि रु १० करोड बजेट विनियोजन गरिएको सरकारले जनाएको छ ।
यस्तै सङ्घ तथा प्रदेश सरकारको सह–लगानीमा हुम्लाको सदरमुकाम सिमकोटको पूर्वाधार विकास गरी मानसरोवर तथा कैलाशद्वारका रुपमा थप विकास गर्नेगरी कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ ।
नेपालको एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हुम्लाको खार्पु सिमकोट (मानसरोवर प्रवेशद्वार)मा पनि नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रमका सञ्चालन गरिने छ भने त्यहाँ नमुना बस्ती निर्माण गरिने जनाइएको छ । त्यसका लागि रु १८ करोड बजेट विनियोजन गरिएको छ ।
यसैबीच प्रदेश सरकारले सङ्घीय सरकारको सहकार्यमा दलित, विपन्न र सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको आवास निर्माणमा सहयोग गर्न सञ्चालित जनता आवास कार्यक्रमलाई अझै प्रभावकारी बनाउने गरी काम थालनी हुने दाबी गरेको छ ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेश सरकारका मन्त्रालयको एकीकृत तथा आधुनिक भवन निर्माण गर्ने सरकारको लक्ष्य छ । प्रदेशभित्र सुरक्षित, व्यवस्थित र वातावरणमैत्री एवम् अपाङ्गमैत्री भवन निर्माण गर्नका लागि भवनसँग सम्बन्धित कानुन, संहिता तथा मापदण्ड तर्जुमा कार्य सुरु गरिएको छ ।
कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासका लागि यस वर्ष रु दश अर्ब एघार करोड ४२ लाख विनियोजन गरेको जनाएको छ

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया