सोमबार, चैत १६, २०८२

गोन्कालो रामोसको दुई गोलमा पिएसजी विजयी

मेरोन्यूज २०८० असोज ८ गते ७:३७

काठमाडौं । फ्रेन्च लिग वानमा पिएसजीले मार्सेलीलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गएराती सम्पन्न खेलमा पिएसजीले मार्सेलीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा गोन्कालो रामोसले २ गोल गरे भने अचरफ हाकिमी र रान्डल कोलो मुआनीले एक एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीको ६ खेलमा ११ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ । त्यसैगरी मार्सेलीको भने ६ खेलमा ९ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया