साफ यू-१९ च्याम्पियनसिप : नेपालले माल्दिभ्सको सामना गर्दै

काठमाडौँ । साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले आज माल्दिभ्सको सामना गर्दै छ । दशरथ रंगशालामा खेल अपराहन्न साढे १ बजेदेखि शुरु हुँदैछ।
शनिबार पाकिस्तान र माल्दिभ्सबीचको खेल १-१ गोलको बराबरी खेलेपछि पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेरिसकेको छ ।
त्यस्तै माल्दिभ्सको एक खेलमा एक अंक रहेको छ र नेपालको एक खेलमा शुन्य अंक रहेको छ । अब आज हुने नेपाल र माल्दिभ्सबीच खेलको विजेता सेमिफाइनलमा पुग्ने भएको छ । यसकारण नेपाली टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ। यदी खेल बराबरीमा रोकिएमा पनि माल्दिभ्स सेमिफाइनलमा पुग्ने छ ।
त्यस्तै समुह बी बाट भारत र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । बंगलादेशले आफ्ना दुवै खेलमा हार बेहोरेपछि समुह बी बाट भारत र भुटान सेमिफाइनलमा पुगेका हुन् । यद्यपी समुह चरणमा आजै भारत र भुटानबीच पनि साढे ५ बजेदेखि खेल हुँदै छ।















कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया