सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
मेरोन्यूज
२०८० असोज ८ गते ८:४८

सल्यान । सल्यानमा सोमबार बिहान तरकारी बोकेको जीप दुर्घटनामा परेको छ ।
रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार अनुसार मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा एक जना सख्त घाइते भएका छन् ।
दुर्घटनामा परेको जिप सडकदेखि अन्दाजी ३ सय मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित
















इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया