झुलाघाट नाकामा आज आवागमन बन्द
मेरोन्यूज
२०८० असोज ८ गते १०:४९

बैतडी । बैतडीको झुलाघाट नाकामा आज आवागमन बन्द गरिएको छ ।
नेपाल–भारत सीमा नाका झुलाघाटस्थित झोलुंगे पुल मर्मत सम्भार कार्य भइरहेको हुँदा आवागमन बन्द गरिएको हो । भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमा नाकामा आवागमन बन्द रहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एकदिनका लागि पुलमा आवागमन बन्द गरिएको बताइएको छ। यसअघि पुल मर्मतका बिषयमा दुवै पक्षका अधिकारीहरुबीच सहमति भएको थियो। पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
सम्बन्धित
















शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया