शुक्रबार, फागुन १, २०८२

नेपाल र चीनबीच १३ बुँदे संयुक्त बक्तब्य जारी (पूर्णपाठ)

बीआरआईमा आएर अड्किएको भनिएको नेपाल -चीनबीचको संयुक्त वक्तव्य अन्तत: जारी भएको छ

मेरोन्यूज २०८० असोज ९ गते ७:१४

काठमाडौं । अन्ततः नेपाल र चीनका बीचमा १३ बुँदे संयुक्त बक्तब्य जारी भएको छ । साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा भेटवार्ता भएपछि अबेर गरी संयुक्त बक्तब्य जारी भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

एक दर्जन सम्झौता र समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएपछि अबेर संयुक्त बक्तब्य जारी भएको हो । दुई पक्षबीच चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लगायत विषयमा भएको केही अन्यौलताका कारण दुई प्रधानमन्त्री भेटवार्ता र भएको समझदारी पत्रका विषयमा संयुक्त बक्तब्य जारी हुन सकेको थिएन ।

तर अबेर गरि अहिले संयुक्त बक्तब्य जारी भएको थियो । संयुक्त वक्तव्यको टुंगो नभएपछि बेइजिङस्थित नेपाली राजदूतावासले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका एक दर्जन सम्झौता र समझदारीलाई उल्लेख गरेर विज्ञप्ति जारी गरेको थियो । तर, चिनियाँ विदेश मन्त्रालयले कुनै धारणा सार्वजनिक गरेको थिएन ।

पछि दुवै देशका बीचमा थप समझदारीको विकास गरेर संयुक्त बक्तब्य जारी भएको हो । मंगलबार बिहान सार्वजनिक संयुक्त व्यक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनलाई छिटै अन्तिम रुप दिने प्रतिबद्धता जनाइएको छ ।

नेपालको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयकोबीचमा विज्ञान तथा प्रविधि र अन्वेषण अनुसन्धान अघि बढाउने विषयमा सम्झौता भएको छ।

त्यसैगरी कृषि, पशुपालन र मत्स्यपालन विकासका लागि चीनको कृषि तथा ग्रामीण सरोकार मन्त्रालय र नेपालको कृषि, पशुपंक्षी विकास मन्त्रालयबीच समझदारी भएको छ।

दुई देशबीच सन् १९८१ को नेपाल-चीन व्यापार सम्झौताको समीक्षाका लागि संयुक्त प्राविधिक समूह निर्माण गर्ने समझदारी भएको छ। उक्त सम्झौताको समीक्षाका लागि नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको व्यापार मन्त्रालयले काम गर्ने भएका छन्।

त्यस्तै चीनमा औषधि उत्पादनका लागि नेपालको जडीबुटी निर्यात अघि बढाउन चीनको भन्सार प्रशासन र नेपालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबीच समझदारी भएको छ।

दुई देशबीचमा एकअर्का पुरातात्विक महत्वका कृतिहरु प्रकाशन र अनुवाद गर्ने समझदारी भएको छ। जसका लागि चीनको प्रेस तथा प्रकाशनसम्बन्धी राष्ट्रिय प्रशासन र नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले काम गर्ने भएका छन्।

संयुक्त वक्तब्यमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीनमा न्यानो र सौहार्दपूर्ण वातावरणमा स्वागत गरेको र दुई देशका नेताबीच गहिरो सम्बन्धका बीचमा विचार आदानप्रदान र चीन-नेपाल गहिरो सम्वन्ध विकास गराउने विषयमा व्यापक सहमतिमा पुगिएको उल्लेख छ ।

परम्परागत मित्रता, पारस्परिक लाभकारी सहयोग विस्तार तथा पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा साझा विचारहरूका बारेमा दुवै पक्ष एक ठाँउमा पुगिएको नेपाल र चीनका बीचमा जारी भएको संयुक्त बक्तब्यमा उललेख गरिएको छ ।

नेपाली पक्षले चीनले आर्थिक र सामाजिक क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंसा गरेको र राष्ट्रपति सी चिनफिङको सक्षम नेतृत्वमा हालैका वर्षहरूमा विकास, र चिनियाँ जनताको थप विकास र प्रगतिको कामना गरेको उल्लेख छ ।

त्यस्तै, चिनियाँ पक्षले नेपाललाई स्थानीय, प्रादेशिक र संघीय संसदको चुनाव सम्पन्न गरेकोमा चीनले नेपाल सरकारलाई बधाई दिएको उल्लेख छ ।

नेपाल चीनका नेताहरुका बीचको भेटवार्तामा दुवै पक्षले राष्ट्रपति सी जिनपिङको ऐतिहासिक नेपालको राजकीय भ्रमणको स्मरण गदैं त्यस अवधीमा द्विपक्षीय सम्बन्धलाई रणनीतिक उचाईमा लैजान विकासको लागि चिरस्थायी मित्रताको विशेषता रहेको सहयोगको साझेदारी र समृद्धि, उच्च स्तरको आदानप्रदानको विशेष महत्त्वलाई रेखांकित गर्दै द्विपक्षीय सम्बन्धको विकास गरेर जाने विषयमा समझदारी बनेको उल्लेख छ ।

हेर्नुहोस् संयुक्त बक्तब्य

प्रतिक्रिया