पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिए । “नियमित मोनिटरिङ फेदीस्थित प्रहरी चौकीबाट हुने छ । फेदीबाट फाइवर केवल तानेर पाथीभरा मन्दिर परिसरसम्म पुर्याइएको छ । फेदीमा फेस डिटेक्टिङ तथा हेड काउन्टिङ क्यामेरासमेत जडान गरिएको छ ।” उनले भने ।
प्रविधिलाई प्राकृतिक प्रकोपबाट जोगाउने हरसम्भव उपायका उपकरणको प्रयोग गरेर यो प्रयास गरिएको छ । पाथीभरामा गरिएको यो पहिलो प्रयास भएको समितिले जनाएको छ । समितिले तीर्थालुको सुविधाका लागि आगामी शनिबारदेखि सुरु हुने गरी पाथिभरा मन्दिर परिसरमा चारवटा सिसी क्यामेरा जडान गरेको समिति अध्यक्ष रक्की थेपेले जानकारी दिए ।
उनका अुनसार मन्दिर प्रवेशद्वार ट्रष्टमा एक, मन्दिरभित्र बायाँ ढोकातर्फ देखिने एक, मन्दिरभित्र देखिने गरी एक, मन्दिरभित्र माताको शिर देखिने गरी एक क्यामेरा जडान भएको छ । त्यस्तै ठूलो फेदीमा कान्छी थान मन्दिर देखिने गरी एक सिसी क्यामेरा जडान गरिएको छ । ठूलो फेदी नजिकै प्रवेशद्वारमा तीर्थालुको सङ्ख्या गणना गर्ने गरी ‘हेडकाउन्टिङ क्यामेरा ’ राखिएको छ भने ठूलो फेदी बजार परिसरमा दुई गरी आठ सिसी क्यामेरा जडान भएको छ ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
प्रतिक्रिया