मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ ।
चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदमा अन्तरगतको समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको हो।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो ।
नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदा अलआउट भयो।
मंगोलियालाई कम स्कोरमा रोक्न नेपालका करण केसी, अविनास बोहोरा र सन्दीप लामिछानेले समान २ विकेट लिए। त्यस्तै सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा ३१४ रन जोड्यो।
नेपालका कुशल मल्लले ५० बलमा अविजित रहँदै १ सय ३७ रन बनाउँदा १२ छक्का र ८ चौका हिर्काए । मल्लले ३४ बलमै शतक पूरा गर्दै विश्व कीर्तिमान कायम गरे । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र रोमानियाका विक्रमासेकाराले ३५ बलमा शतक पूरा गरेका थिए ।
यस्तै कप्तान रोहित पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मदतमा ६१ रन बनाए ।
यता दिपेन्द्र सिंह ऐरीले १० बलमा ५२ रन जोड्दा ८ छक्का प्रहार गरे । उनले ९ बलमै अर्धशतक पूरा गरे । उनले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा अर्धशतक पूरा गर्ने विश्व कीर्तिमान बनाए ।
दिपेन्द्रले भारतीय पूर्व क्रिकेटर युवराज सिंहको कीर्तिमान तोडेका छन् । यसअघि युवराजले इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक पूरा गरेका थिए ।
















विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
९ अंकले बढ्यो सेयर बजार, ११ अर्बको कारोबार
बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
प्रतिक्रिया