ओलीले प्यानल नबनाउन भनेपनि एमाले बागमतीमा प्यानलकै तयारी
शंकर-महेश ढुंगेलको पक्षमा, विष्णु-गोकुल दाहालको पक्षमा धुब्रीकृत

काठमाडौं । नेकपा एमालेको जारी प्रदेश अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक प्रतिस्पर्धा रोक्न अधिक प्रयास गरे । उनको प्रयास सफल हुन सकेन । त्यसपछि उनले भने – ठिक छ आन्तरिक प्रतिस्पर्धा गर्नु, तर प्यानल नबनाउनु ।
प्यानल बनाए उम्मेदवारी नै खारेज गर्नेसम्मका धम्की पनि अध्यक्ष ओलीले अधिवेशनका क्रममा दिए । लुम्बिनीमा नै उनले चुनावी प्रतिस्पर्धा रोक्न चाहेका थिए । तर महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको हाँगो समातेर प्यानलगत प्रतिस्पर्धा लुम्बिनीमा हुन पुग्यो । महासचिव पोखरेल कमजोर देखिए, उपाध्यक्ष पौडेल बलियो ।
त्यसपछि एमालेले देशभर पोखरेल र पौडेलको बीच प्रदेश अधिवेशनमा प्रतिस्पर्धा हुने ठाने । तर न पौडेलले आफनो समुह बनाउन चाहे, न महासचिव पोखरेलले नै । क्षेत्रिय राजनीतिमा प्रतिस्पर्धा पौडेल र पोखरेलका बीचमा भएपनि देशब्यापी उनीहरुकै पछि लागेर एमालेमा गुट निर्माण नभईसकेको एमाले नेताहरुले बताईरहे । तर, एमालेका प्रदेश अधिवेशनले देखाईरहेको चित्रले प्रष्ट भन्छ– पोखरेल र पौडेलको समुह देशभर क्रमशः निर्माण हुँदैछन् ।
बागमती प्रदेशमा पनि चुनावी प्रतिस्पर्धामा जाने भएपछि त्यही संकेत देखा परेको छ । हुन त बागमतीमा अध्यक्षमा ५ जनाले उम्मेदवारी दिएका छन् । तर हालका निवर्तमान प्रदेश अध्यक्ष केशव पाण्डेको उम्मेदवारी दर्ता भए/नभएको विषय अझै विवादमा छ ।
निर्वाचन मण्डलका संयोजक डिल्ली मैनालीले नुवाकोटका पाण्डेको उम्मेदवारी नै दर्ता नभएको जिकिर गरेका छन् । तर पाण्डेले आफुले वारेसमार्फत उम्मेदवारी दर्ता गरेको बताईरहेका छन् । उउनलाई बुधबार उम्मेदवारी दर्ता गर्न जाँँदा प्रदेश इन्चार्ज रहेका गुरु बराल, आनन्द पोखरेल लगायतका नेताहरुले बोलाएर कोठामा थुनेर उम्मेदवारी नै दर्ता गर्न रोक्न खोजेको समेत आरोप लागेको छ । उनलाई छलफलका लागि बोलाएर बन्द कोठामा थुनेर उम्मेदवारी दर्ता गर्ने नै रोक्न खोजेको तर, आफुले वारेसमार्फत उम्मेदवारी दर्ता गराएको पाण्डेको जिकिर छ ।
तर निर्वाचन संयोजक मैनालीले उम्मेदवारी नै नआएको बताईरहेका छन् । पाण्डेको उम्मेदवारी कायम हुने÷नहुने बारेमा निर्वाचन समितिले निकाल्ने अन्तिम नामावलीपछि प्रष्ट होला । समितिले केहीबेरमा नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।
निर्वाचन समितिको तालिका अनुसार निर्वाचन प्रक्रिया चलेको भए अहिले मतदान भईरहनुपर्ने थियो । तर विधुतिय मतदान गराउने तयारी गर्दा ढिलो भएको जस्केलो जवाफ निर्वाचन समितिले दिएको छ ।
यधपी यसभित्र अझै कसलाई जिताउने हराउने खेलका कारण मतदान प्रक्रिया सुरु भईनसकेको प्रतिनिधिहरु बताउँछन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमै लगेर गराउन खोजिएको मतदानमा उम्मेदवारलाइ प्यानल नबनाउन अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन सत्रमै निर्देशन गरेका थिए ।
ओलीले भनेका थिए, – प्रतिस्पर्धा गरौं तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुन्छ। अध्यक्ष मण्डलले त्यो अधिकारसहित काम गर्नुहोस्। दुई फ्याकमा बाँड्ने अभ्यास नगरौं। स्वस्थ प्रतिस्पर्धा गर्नुहोस्। हारजित स्वीकार्नुहोस्।
अहिले ओलीको निर्देशन उम्मेदवारहरुले सुने नसुने झै गरिरहेका छन् । उनीहरु प्यानल नै बनाउने गृहकार्यमा जुटेका छन् । लुम्बिनीमा जस्तै बागमतीमा पनि पाण्डेको उम्मेदवारी छोडने हो भने अध्यक्षका ४ जना प्रत्याशी छन् । त्यसमध्ये पनि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालवीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । ओलीले पार्टी पदाधिकारीमै पनि सहमति जुटाएर सस्थागत उम्मेदवार ढुंगेललाई सार्न खोजेका थिए । ओलीको त्यही चाहना अनुसार प्रदेश इन्चार्ज गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतले निक्कै होमवर्क पनि गरे । तर सहमति बनेन । त्यसपछि चुनावी प्रक्रियामा अधिवेशन गएको हो ।
महासचिव पोखरेलले रामेछापका ढुंगेललाई साथ दिँदा उपाध्यक्ष विष्णु पौडेलको साथ मकवानपुरका कृष्णप्रसाद दाहालतिर सोझिएको छ । महेश बस्नेत रामेछापका ढुंगेलतिर खुल्दा गोकुल बास्कोटा मकवानपुरका दाहालतिर खुलेका छन् ।
यी सवै हेर्दा निर्वाचनमा खास ढुंगेल र दाहाल प्रतिस्पर्धी देखिएपनि सारमा शंकर भर्सेज विष्णु अर्थात महेश बस्नेत भर्सेज गोकुल बास्कोटा देखिन पुगेका छन् । बास्कोटा र बस्नेतले खेल्ने र बनाउने योजनाले पनि बागमतीको नेतृत्वमा प्रभाव पार्ने देखिएको एमालेका प्रतिनिधिहरु बताउँछन् ।
ढुंगेलले आफनो प्यानलबाट उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा र सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डितलाई अघि सार्न खोजेका छन् । त्यही अनुसार प्यानल निर्माणमा लागिरहेका छन् ।
त्यस्तै दाहालको प्यानलबाट उपाध्यक्षमा नुवाकोटका पूर्व सांसद नारायण खतिवडा र सचिवमा ललितपुरका पूर्व सांसद नवराज सिलवाललाई अगाडी सार्ने गरि प्यानल प्रयास भईरहेको छ । ओलीले प्यानल नबनाई लड्न भनेपनि महासचिव पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु गोकुल बास्कोटा, महेश बस्नेत र स्वयम अध्यषका प्रत्याशी ढुंगेल र दाहाल नै प्यानलको गृहकार्यमा जुटेका छन् ।
यही प्यानल बनाउने गृहकार्यका बीच आनन्द पोखरेलले भने दोलखाका ईश्वरचन्द्र पोखरेललाई ढुंगेल या दाहाल जसको प्यानलभित्र राखेरै भएपनि उपाध्यक्ष सुरक्षित बनाउन चाहिरहेका छन् ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।















इटालीसँग नेपालको लज्जास्पद हार
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंककाे आग्रह
Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
80.70 billion cubic metres gas deposit confirmed in Jaljale, Dailekh
प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया