जलाउन ठिक्क पारेको युवतीको शव बरामद, श्रीमान, ससुरा र देवर पक्राउ

सर्लाही । सर्लाहीको रामनगरस्थित मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा प्रहरीले २१ वर्षीया युवतीको शव बरामद गरेको छ।
घाटबाटै प्रहरीले मृतक युवतीका श्रीमान, ससुरा र देवरलाई छानबिनको लागि पक्राउ गरेको छ ।
जिल्लाको रामनगरस्थित मनुषमारा घाटबाटै प्रहरीले रामनगर १ खैर्वा निवासी सुनिल साहकी पत्नी २१ वर्षीया मनिषा साहको शव हिजो बुधबार बरामद गरेको हो ।
मृत्युको घटना रहस्यमय देखिएपछि चिताबाटै प्रहरीले शब बरामद गरेर पोष्टमाटर्मका लागि पठाएको छ ।
परिवारले युवतीले आत्महत्या गरेको बताएका छन् । छारे रेगकी विरामी युवतीले आत्महत्या गरेर आफै मरेको परिवारले बताएपनि आत्महत्याको घटनामा शव पोष्टमाटर्म नगरि चितामा जलाउन लगेपछि स्थानीयले दिएको सुराकका आधारमा प्रहरीले घाटमा पुगेर चिताबाटै शब बरामद गरेको हो ।
त्यससँगै घाटबाटै प्रहरीले युवतीका पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरेको छ। घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थिए। मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइृ छ ।
मृतक युवतीको माइती पक्षले भने परिवार मिलेर हत्या गरेको हुनसक्ने जाहेरी दिएका छन् । माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको आशंका गरेका छन्।
सर्लाहीकै कविलासी गाउँपालिका( ३ घर भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो।














खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंककाे आग्रह
Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
80.70 billion cubic metres gas deposit confirmed in Jaljale, Dailekh
प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
प्रतिक्रिया