एमाले बागमती अधिवेशन : वर्तमान अध्यक्ष केशव पाण्डेले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेशका वर्तमान अध्यक्ष केशव पाण्डेले आगामी कार्याकाल फेरि अध्यक्ष हुनका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले हिजो अबेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् । यधपी उनले बुधबार वारेशमार्फत उम्मेदवारी दर्ता गराएका थिए ।
उनलाई उम्मेदवारी दिनबाट रोक्न प्रदेश इन्चार्ज गुरु बराल, आनन्द पोखरेल, खेम लोहनी लगायतका नेताहरुले निक्कै जोडबल गरेका थिए । उनी उम्मेदवारी दर्ता गर्न जुलुससहित जाँदै गर्दा उनलाइ गुरु बरालले टेलिफोन गरि भेटन बोलाएको र त्यसपछि उनले वारेशमार्फत उम्मेदवारी दर्ता गराउनु परेको बताएका थिए ।
एमाले नेतृत्वले उनलाई पार्टी केन्द्रीय समितिमा लैजाने बचन दिएर उम्मेदवारी फिर्ता लिन लगाएको बुझिएको छ ।एमाले मुल नेतृत्वले उनीबाट पार्टी नचल्ने र गत चुनावमा बागमतीमा एमाले सवैभन्दा कमजोर भएको भन्दै उनलाई अध्यक्षबाट रोक्न चाहेको थियो ।
अध्यक्ष पाण्डेले आफू अध्यक्षको दौडबाट बाहिरिइसकेको बताएका छन्।
‘म अहिले अध्यक्षको दौडबाट बाहिरिएको छु निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गदैछ । त्यसमा अब मेरो नाम भेटिने छैन,’ पाण्डेले भने ।
उनले आफु चुनावी प्रतिस्पर्धाबाट बाहिरिएपछि कसलाई समर्थन गर्ने भन्ने बारेमा भने केही बताएका छैनन । यधपी उनले आफुले उम्मेदवारी झिकेको सहितको अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएपछि खुल्ने बताएका छन् ।
पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि अब एमाले बागमतीको अध्यषका लागि चार जना उम्मेदवार कायम रहने भएका छन् ।
अब अध्यक्षमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठको उम्मेदवारी कायम हुने भएको छ ।
यी चार नेताहरुमा पनि अझै केहीलाई उम्मेदवारी फिर्ता गराउने गरी अहिले एमाले नेतृत्वले छलफल गरिरहेको छ। अन्तिममा मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
















दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
फागुन ३ गतेभित्र घोषणा पत्र बुझाउन उम्मेदवारहरुलाई आयोगको आग्रह
इटलीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियाे
प्रतिक्रिया