बिहीबार, माघ २९, २०८२

६ घण्टापछि सुरु भयो एमाले कर्णाली अधिवेशनको बन्द सत्र

मेरोन्यूज २०८० असोज ११ गते १८:००

सुर्खेत । एमालेको कर्णाली प्रदेश अधिवेशनको बन्द सत्र ६ घण्टापछि सुरु भएको छ । बिहान ११ बजेबाट सुरु‌ हुने भनिएको बन्द सत्र साँझ ५ बजेबाट सुरु भएको हो ।

नेतृत्व चयनको लागि सहमतिको प्रयास गर्दा बन्दसत्र सुरु हुन ढिलाइ भएको हो । सहमतिको प्रयास विफल भएपछि महासचिव शंकर पोखरेल काठमाडौँ फर्किएका छन्। निकटस्थ स्रोतले पोखरेलले अझै पनि सहमतिकै प्रयासमा नेतृत्व चुन्न निर्देशन दिएर काठमाडौँ फर्किएका छन्।

यद्यपि कर्णालीमा सहमति‌‌अनुसार अध्यक्ष चुनिने सम्भावना कम रहेको नेताहरु बताउँछन्।यामलाल कँडेलको गुटबाट गुलावजंग शाह अध्यक्षका आकांक्षी छन् भने गोरख बोगटी–विनोदकुमार शाह गुटबाट मीनबहादुर शाहीको नाम चर्चामा छ।

यस्तै पूर्वसभामुख राजबहादुर शाही पनि अध्यक्षका दाबेदार हुन् । यद्यपि अहिलेसम्म कुनै पनि नेताले उम्मेदवारी घोषणा गरेका छैनन् ।

बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीले‌ पनि सहमतिका आधारमा अधिवेशन गर्न र प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया