प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले स्वागत गरे ।
नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्न तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनलगायत कार्यक्रममा भाग लिने सिलसिलामा असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
असोज ८ देखि १० गतेसम्म इण्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न ‘शान्तिका लागि सँगै’ भन्ने विषयवस्तु प्रस्तुत सम्मेलनमा ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारीको सहभागिता थियो ।
नयाँ दिल्लीमा रहँदा प्रधानसेनापतिले अष्ट्रेलिया, बङ्गलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरूका साथै भारतका चिफ अफ डिफेन्स स्टाफसँग बेग्ला–बेग्लै भेटघाट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमण गरेका थिए । त्यस अवसरमा उनले कलेजमा सञ्चालन भइरहेको तालिममा सहभागी शिक्षार्थी र शिक्षकहरूसमक्ष राष्ट्र निर्माण र नेपालको परराष्ट्र नीतिमा सेनाको योगदान विषयमा प्रवचन दिएको निर्देशनालयले जनाएको छ ।
हाल कलेजमा सञ्चालन भइरहेको एनडिसी तालिमा नेपालका तीन महासेनानी सहभागी छन् । प्रधानसेनापतिले समेत विगतमा सोही कलेजबाट एनडिसी तालिम लिएका थिए । प्रधानसेनापतिसँगै ४७औँ इण्डो प्यासिफिक आर्मी म्यानेजमेन्ट गोष्ठीमा सहभागी सैनिक अधिकृत र सेना सुवेदार मेजर पनि स्वदेश फर्किएका छन् ।
भ्रमणका क्रममा विभिन्न मित्रराष्ट्रहरूका समकक्षीलगायत पदाधिकारीहरूसँगको अन्तक्र्रियाबाट मानवीय सुरक्षालगायतका साझा चासोका विषयहरूमा अनुभवहरूको आदान–प्रदान गर्ने अवसर प्राप्त भएको सेनाले जनाएको छ । ती देशहरूसँगको नेपालको सम्बन्ध थप सुमधुर बनाउन मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया