राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन
मेरोन्यूज
२०८० असोज १२ गते ११:५२

काठमाडौं । राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन भएको छ । कार्कीको शुक्रबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
शारीरिक अस्वस्थतापछि उपचारका लागि नर्भिक अस्पतालमा लगिएका कार्कीलाई अस्पताल ल्याउनेबित्तिकै मृत घोषणा गरिएको नर्भिक अस्पतालले जनाएको छ । उनमा के रोग थियो भन्ने खुल्न सकेको छैन ।
कार्की गत असार २० देखि राष्ट्रपति कार्यालयको कानुन महाशाखामा कार्यरत थिए । त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । उनकै नेतृत्वमा अख्तियारले पशुपतिको जलहरी प्रकरणको अनुसन्धान गरेको थियो ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया