विद्युत् खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मेरोन्यूज
२०८० असोज १२ गते १२:१३

काठमाडौं । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
विद्युत्को खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादवलाई करेन्ट लागेको हो ।
उनी आज बिहान ६ः०० बजे सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए । सो क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा मृत्यु भएको घोषणा गरेको थियो । यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया