महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेती तालिम

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु गरिएको आयोजक संस्था नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का संयोजक कमल बसेलले जानकारी दिए ।
युएसएआइडीको स्थानीय (गोरखा र चितवन) कार्यक्रमकोे आर्थिक सहयोग र गण्डकी गाउँपालिकाको समन्वयमा २१ महिलालाई तालिम प्रदान गरिएको उनले बताए । यही असोज १० गतेदेखि सुरु भएको तालिम असोज १७ गतेसम्म सञ्चालन हुने छ ।
तालिममा नमुना कोसिस महिला कृषक समूहमा आबद्ध महिलाको सहभागिता रहेको छ । एड््वानले स्थानीय विपन्न कृषक महिलाको समूह गठन गरी उनीहरुको आर्थिक आयआर्जन वृद्धिका लागि टेवा पु¥याउने उद्देस्यसहित तालिम सञ्चालन गरेको उनले बताए ।
तालिममा सहभागीलाई कृषि प्राविधिक दिपेन्द्र विष्ट र निरमाया थापाले प्रशिक्षण दिईरहेका छन् । “परियोजनाअन्तर्गत आर्थिक र सामाजिकरुपमा विपन्न महिलाको समूह निर्माण गरी वडा कार्यालयको समन्वयमा समूह गठन गरिएको हो ”, उनले भने, “वडा कार्यालयमार्फत आवश्यक ठाउँ छनोट गरी अतिआवश्यक क्षेत्रमा तालिम सञ्चालन गरिन्छ ।”


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया