लागुऔषध दुर्व्यसनी छुटाउन राजनीतिक दलका नेताले दबाब नदिने प्रतिबद्धता

टीकापुर । कैलालीको टीकापुरमा लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न दुई प्रतिबद्धता जनाइएको छ । लागुऔषधका क्रममा पक्राउ परेका व्यक्तिलाई छुटाउन कुनै पनि राजनीतिक दलका नेताले दबाब नदिने प्रतिबद्धता गरेका छन् ।
प्रहरीले लागुऔषधका बारेमा निष्पक्ष भएर छानविन गर्नुपर्ने र त्यसका लागि सबैले सहयोग गर्नुपर्ने प्रतिबद्धता पनि कार्यक्रममा गरिएको छ । टीकापुरमा संवाद समूहले गरेको छलफलमा यस्तो प्रतिबद्धता राजनीतिक दल, प्रहरी प्रमुख र सरोकारवालाले गरेका हुन् । टीकापुर क्षेत्रमा लागुऔषधको कारोबार बढेपछि संवाद समूहले सरोकारवाला पक्षसँग छलफल चलाएको हो ।
छलफलमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि योजना बनाएर अगाडि बढ्ने बताए । “हामी कडारूपमा काम गर्छौँ, समुदायले पनि हामीलाई सूचना दिएर सघाउनुपर्छ”, उनले भने, “समाजमा शान्ति स्थापनाका लागि लागुऔषध नियन्त्रण पहिलो प्राथमिकतामा राखेर काम गर्छौँ ।”
पूर्ण दुर्व्यसनी दीपकजङ्ग शाहले १९ वर्षसम्म आफू लागूऔषध दुव्र्यसनमा फसेर भागेको भोगाइ सुनाउँदै न्यूनीकरण गर्न सबैको सक्रियता आवश्यक रहेको बताए । “दुर्व्यसनमा फसेर, सुध्रिएको मलाई दुर्व्यसन नियन्त्रणमा सबैको भूमिका हुन्छ भन्ने लाग्छ”, उनले भने, “छलफल चलाउने मात्र नभई सबै जना जिम्मेवारीका साथ लाग्नुपर्छ, एक युवा, त्यसको परिवार, समाज र देशको भविष्य जोगाउनुछ ।”
नयाँ बिहानी पुनःस्थापना केन्द्रका सञ्चालक कल्पेश कुँवरले प्रयोगकर्तालाई भन्दा ओसारपसार गर्नेलाई कडाइ गर्नुपर्ने बताएका छन् । “हामीले प्रहरीमा सूचना दिए पनि कार्यान्वयन नभएको महसुस गरेका छौँ”, उनले भने, “लागुऔषध दुर्व्यसनमा फसेकालाई परामर्श दिनुपर्ने आवश्यकता छ, एकैपटक उसलाई समाजमा पुनःस्थापना हुन कठिन छ ।”
लागुऔषध प्रयोग तथा ओसारपसारमा प्रहरीले कडाइ गरेपछि कैलाली प्रहरीमा दैनिक एकभन्दा बढी लागुऔषधका मुद्दा दर्ता हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार ६३ दिनमा ७३ मुद्दा दर्ता भएका छन् । लागुऔषधमा संलग्न एक सय आठ प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीले गएको साउन १ देखि भदौ ३१ गतेसम्म दुई महिनाको अवधि अर्थात् ६३ दिनमा ७३ लागुऔषधका मुद्दा दर्ता गरेको जानकारी दिएको छ । साउनमा ४६ र भदौमा २७ मुद्दा दर्ता भएका छन् । दुई महिनामा चलाएका ७३ मुद्दामा संलग्न रहेका एक सय आठ जना पक्राउ परेका छन् । लागुऔषधमा संलग्न रहेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एक सय पुरुष, आठ महिला पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूको साथबाट साउनमा चार किलो चरेस र ५८ ग्राम छ सय ४५ मिलीग्राम ब्राउन सुगर बरामद भएको छ । भदौमा एक किलो तीन सय ग्राम चरेस, २३ ग्राम तीन सय शून्य सात मिलीग्राम ब्राउन सुगर बरामद भएको छ । दुई महिनाको अवधिमा पाँच किलो तीन सय ग्राम चरेस, ८१ ग्राम नौ सय ५२ मिलीग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।
कैलालीमा जिल्ला प्रहरी कार्यालय धनगढी, इलाका प्रहरी कार्यलय टीकापुर, लम्की, भजनी, सुख्खड र मालाखेतीले लागुऔषधमा मुद्दा चलाउँछ । दुई महिनाको अवधिमा इलाका प्रहरी कार्यालय टीकापुरले ११ लागुऔषधका मुद्दा दर्ता गरेको छ भने १६ प्रतिवादी पक्राउ गरेको छ । उन्नाइस ग्राम एक सय ९० मिलीग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीले १९ मुद्दा दर्ता गरेको छ भने ३४ जना पक्राउ गरेको छ । त्यस क्रममा ३५ ग्राम एक सय शून्य एक मिलीग्राम खैरो हिरोइन बरामद गरेको छ । इप्रका भजनीले तीन मुद्दा दर्ता गरेको छ भने चार जना प्रतिवादी पक्राउ गरेको छ । सो क्रममा दुई ग्राम ५० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय लम्कीले दुई मुद्दा दर्ता गरेको छ भने चार प्रतिवादी पक्राउ गरेको छ । एक ग्राम चार सय ७० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ । सुख्खडले एक मुद्दा दर्ता गरेको छ भने चार जना प्रतिवादी पक्राउ गरी एक किलो तीन सय ग्राम चरेस बरामद गरेको छ । प्रहरीको तथ्याङ्क जस्तै समाजमा पनि लागुऔषधको अवस्था भयावह देखिन थालेको नागरिकको बुझाइ छ ।
















Death toll in Madagascar cyclone rises to 35
National Assembly’s current session prorogues from midnight on February 13
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
फागुन ३ गतेभित्र घोषणा पत्र बुझाउन उम्मेदवारहरुलाई आयोगको आग्रह
इटलीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियाे
प्रतिक्रिया