शनिबार, माघ २४, २०८२

फेरि ३ किलो सुनसहित दोलखामा थप एक जना पक्राउ

मेरोन्यूज २०८० असोज १२ गते १५:५५

काठमाडौँ । दोलखामा फेरि ३ किलो सुनसहित थप एक जना पक्राउ परेका छन् । बुधबार राती मात्रै दोलखाको सिंगटीबाट ४ कलिो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि फेरि थप ३ किलो सुन बरामद भएको हो । सँगै थप एक जना पनि पक्राउ परेका छन् ।

चीनबाट तस्करी गरेर ल्याउँदै गरेको ३ किलो सुनसहित शुक्रबार दोलखाको जामुनेमा केशव तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया