सल्यानमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १५ जना घाइते
मेरोन्यूज
२०८० असोज १३ गते ७:१०

काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
शुक्रबार बेलुकी छत्रेश्वरी गाउँपालिकाबाट शारदा नगरपालिका १२ कागखोला तर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी-५ लेखपोखरामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सल्यानकै शारदा नगरपालिका- १२ तिमिलेकी करिब ७५ वर्षीया ध्रुवी बोहरा र शारदा- १५ बरलाका ४५ वर्षीया मुना सेजवाल रहेका छन् ।
दुर्घटनामा परी १४ जना घाइते भएका छन्। प्रहरीका अनुसार जिप सडकबाट करिब ६० मिटर तल खसेको छ।
घाइतेको स्थानीय विभिन्न अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुलिसकेको छैन।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया