एसियाली खेलकुद : महिला भलिबलमा भियतनामसँग नेपाल पराजित
मेरोन्यूज
२०८० असोज १३ गते १४:०७

काठमाडौं । चीनको हान्झाउमा जारी एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टिमले आफ्नो पहिलो खेलमा पराजित भएको छ ।
शनिबार हाङझाउको देक्वाइ स्पोर्ट्स सेन्टरमा भएको डेब्यु खेलमा नेपालमाथि भियतनामले ३(० को सोझो सेटमा जित हात पारेको हो।
भियतनामले नेपाललाई २५(४, २५(१६, २५(१३ ले पराजित गरेको हो ।
पहिलो सेट नेपालले कमजोर देखाउदा ४(२५ अंकले पराजित भयो।
दोस्रो सेटमा नेपालले खेलमा सुधार ल्याए पनि जित निकाल्न सकेन। दोस्रो सेटमा नेपाल १६(२५ अंकको अन्तरले पराजित भयो।
तेस्रो सेटमा सुरुवाती अग्रता लिए पनि नेपाल भियतनामभन्दा कमजोर हुन पुग्यो। यसै सेटमा १३(२५ अंकको आधारमा नेपाल पराजित भएको हो ।
सम्बन्धित















घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया