शुक्रबार, फागुन १, २०८२

प्रधानमन्त्रीले बाेलाएपछि ओलीसहित एमालेका तीन नेता बालुवाटारमा

मेरोन्यूज २०८० असोज १४ गते ९:२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलमा बोलाएपछि एमाले अध्यक्ष केपी ओली, बिष्णु पौडेल र महेश बर्तौला प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सुन तस्करी प्रकरणको आयोग गठनको कार्यक्षेत्रको विवाद जारी रहेको बेला प्रधानमन्त्रीले अमेरिका र चीन भ्रमणबाट फर्किएलगत्तै बालुवाटारमा प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गर्न लागेका हुन् । सोहिअनुसार ओली, पौडेल र बर्तौला सग छलफल गर्न लागेका हुन् ।

असोज पहिलो साता आयोग गठन गर्ने पहिला दलहरुका बीचमा सहमति थियो ।
तर आयोग को कार्य क्षेत्र बिबादले गठन हुन सकेको छैन ।

आयोग गठन नभएको भन्दै विपक्षी दल एमालेले सदनमा कुनै पनि सरकारी प्रस्ताव अघि बढन नदिने बताउँदै आएको छ ।

प्रतिक्रिया