नेप्से परिसूचक २००० बिन्दुभन्दा तल ओर्लियो

काठमाडौँ । आइतबार नेप्से परिसूचक २००० बिन्दुभन्दा तल ओर्लिएको छ । आज नेप्से परिसूचक ३३.२० अंक घटेर १९७१.१० विन्दुमा पुगेको हो ।
बजारमा सेलिङ प्रेशर देखिएपछि नेप्से परिसूचक घटेर बन्द भएको हो ।
आज नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ५.५५, फ्लोट इण्डेक्स २.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७८ अंक घटेको छ।
२८४ स्टकको ८२ हजार ८०० पटकको कारोबारमा १ अर्ब ८३ करोड ४ लाख ८६ हजार रुपैयाँ बराबरको ६७ लाख २३ हजार कित्ता शेयर कारोबार आज भएको छ।
आइतबार सनराइज फस्ट म्युचुअल फण्ड, अप्पर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स र मेन्छियाम हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
स्वाभिमान लघुवित्त, अप्पर सोलु हाइड्रो, अप्पर लोहोरे खोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
१३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशत घटेको छ। वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा आज सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको यस दिन १४ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। एनआईसी एशिया बैंकको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया