आइतबार, माघ २५, २०८२

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

मेरोन्यूज २०८० असोज १५ गते ८:०६

दाङ। दाङमा बस दुर्घटना भएको छ ।

पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका-४ बगइसोतामा दुर्घटना हुँदा १४ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

दुर्घटना बिहान करिब ५ बजे भएको हो । दुर्घटनामा परेर घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले बतायाे ।

दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको जनाइएकाे छ ।

प्रतिक्रिया