आइतबार, माघ २५, २०८२

भारतीय पत्रकारहरुको घरमा प्रहरीको छापा

मेरोन्यूज २०८० असोज १६ गते ११:१६

काठमाडौं । भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार चीनबाट रकम लिएको आरोपमा अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो ।

प्रेस क्लब अफ इन्डियाले भनेको छ, ‘पत्रकार र न्युजक्लिकसँग सम्बन्धित व्यक्तिहरूको घरमा छापा मार्नु अत्यन्त चिन्ताजनक छ। यस विषयमा हामीले निगरानी राखेका छौँ। हामी पत्रकारको साथमा छौँ र थप जानकारी उपलब्ध गराउन सरकारसँग माग गर्दछौँ।’

केही समय अगाडि न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लागेको थियो र त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको थियो ।

प्रतिक्रिया