आइतबार, माघ २५, २०८२

न्युरोडमा इन्द्रजात्रा हेर्न गएका किशाेरको हत्या

मेरोन्यूज २०८० असोज १६ गते १२:१०

काठमाडौं । काठमाडौंको न्युरोडस्थित मखन गल्लीमा एक किशाेरको हत्या भएको छ ।

सानो पशुपतिमा जात्रा हेर्न गएका ओखलढुंगाको लिखु गाउँपालिका–४ का सनी कार्कीको हत्या भएको हो ।

गएराति जात्रामा झगडा हुँदा क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुरुमा उनलाई ट्रमा सेन्टरमा भर्ना गरिएको र पछि शिक्षण अस्पतालमा रिफर गरिएको थियो ।

यस घटनामा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरी परिसरले २ जनालाई पक्राउ गरेको छ । तर उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया