कलाकार राष्ट्रका गौरव : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरु राष्ट्रको गौरव भएको बताएका छन् । आज काठमाडौँको नयाँ बानेश्वरमा रातो टीकी बोलको गीत सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री खड्काले कलाकारितामार्फत कालाकारले देश मान प्रष्तिष्ठा बढाउने काम गरेकाले कलाकार देशका लागि गौरव भएको बताएका हुन् ।
कलाकारको गीत संगीत र कालकारितामार्फत सामाजिक चेतना फैलाउन ठूलो योगदान रहेको भन्दै उपप्रधानमन्त्री खड्काले कालाकारको कालकारिताले देशमा समाजिक न्यायको क्षेत्रमा समेत ठूलो परिवर्तनमा योगदान भइरहेको समेत बताए ।
कतिपय खराब परम्परा बदल्न गीत संगीत र कालाकारिताको नेपाली समाजमा ठूलो योगदान रहेको उपप्रधानमन्त्री खड्काको भनाइ छ । रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री खड्काले महिलको हक अधिकारको पक्षमा बोल्ने र समाजिक कुरीति तोड्न समेत कलाकारिताको ठूलो योगदान भएको बताए ।
समाजमा परिवर्तन गर्नका लागि गीत संगीत र कलाकारको ठूलो योदगान हुने भन्दै उपप्रधानमन्त्री खड्काले सबैखाले कुरीति हटाउन र समाज रुपान्तरण र पारिवर्तनका लागि गीत संगीत र कलाकारिताले ठूलो अस्त्रको रुपमा काम गर्ने विश्वास व्यक्त गरे ।
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया