कलाकार राष्ट्रका गौरव : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरु राष्ट्रको गौरव भएको बताएका छन् । आज काठमाडौँको नयाँ बानेश्वरमा रातो टीकी बोलको गीत सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री खड्काले कलाकारितामार्फत कालाकारले देश मान प्रष्तिष्ठा बढाउने काम गरेकाले कलाकार देशका लागि गौरव भएको बताएका हुन् ।
कलाकारको गीत संगीत र कालकारितामार्फत सामाजिक चेतना फैलाउन ठूलो योगदान रहेको भन्दै उपप्रधानमन्त्री खड्काले कालाकारको कालकारिताले देशमा समाजिक न्यायको क्षेत्रमा समेत ठूलो परिवर्तनमा योगदान भइरहेको समेत बताए ।
कतिपय खराब परम्परा बदल्न गीत संगीत र कालाकारिताको नेपाली समाजमा ठूलो योगदान रहेको उपप्रधानमन्त्री खड्काको भनाइ छ । रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री खड्काले महिलको हक अधिकारको पक्षमा बोल्ने र समाजिक कुरीति तोड्न समेत कलाकारिताको ठूलो योगदान भएको बताए ।
समाजमा परिवर्तन गर्नका लागि गीत संगीत र कलाकारको ठूलो योदगान हुने भन्दै उपप्रधानमन्त्री खड्काले सबैखाले कुरीति हटाउन र समाज रुपान्तरण र पारिवर्तनका लागि गीत संगीत र कलाकारिताले ठूलो अस्त्रको रुपमा काम गर्ने विश्वास व्यक्त गरे ।









छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया