सर्वोच्च परिसरमै ढलिन् भारती
मेरोन्यूज
२०८० असोज १७ गते १३:४२

काठमाडौं । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा ढलेकी छन् ।
श्रीमानको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाहा गरिदिएपछि हत्यामा आरोपित रिगललाई कैद मिनाह गर्न नहुने भन्दै राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् ।
तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । अदालत अगाडी तनावले ढलेपछि उनलाई प्रहरीले उठाएर स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाइएको छ ।
न्याय माग्दै काठमाडौं आएकी भारतीले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी छिन् ।
सम्बन्धित
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
माघ २५ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
प्रतिक्रिया