बिहीबार, वैशाख १०, २०८३

नेप्से परिसूचक ९.२४ अंकले बढ्यो

मेरोन्यूज २०८० असोज १७ गते १५:४८

काठमाडौँ । बुधबार नेप्से परिसूचक ९.२४ अंक बढेर १९६७.९७ विन्दुमा पुगेको छ। मंगलबार दिन साढे १७ अंक घटेर बन्द भएको नेप्से आज सामान्य अंक बढेको हो।

Advertisement
NiccNicc

आज नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ०.५१, फ्लोट इण्डेक्स ०.४६ र सेन्सेटिभ इण्डेक्स ०.०५ अंक बढेको छ।

आज २८४ स्टकको ५८ हजार ७४१ पटकको कारोबारमा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँ बराबरको ४३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहको परिसूचक बढेको छ । बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन उपसमूह्को परिसूचक सर्वाधिक १.५२ प्रतिशत बढेको छ। वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य २७ रुपैयाँ ६० पैसा बढेर ३०३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, बुद्धभुमि नेपाल हाइड्रोपावर र इन्फिनिटी लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको समता लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.६१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको यस दिन ६ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया