नाडामा प्रि-बूक गरिएका सिट्रोनका गाडीहरु दशैंअघि नै ग्राहकहरुले पाउने

काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दशैं अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । सांग्रिलाको यो कदमले आफ्ना ग्राहकहरुलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काएको छ ।
भर्खरै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतिय गाडी सिट्रोन ई सि थ्रि र पेट्रोल गाडी सिट्रोन सि थ्री बुकिङ गरेका थिए । सिट्रोन ई सि थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मुल्यमा उपलब्ध ईभि हो । आफ्ना ग्राहकहरुको उत्साहजनक प्रतिक्रियाको लागि कृतज्ञता व्यक्त गर्न सिट्रोनले दशैं अगावै गाडीहरुको डेलिभरी प्रक्रिया सुरु गरेको हो ।
सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ्ग डाइरेक्टर हेमन्त गोल्छाले भने, “नाडा अटो शोमा हाम्रा ग्राहकहरुले देखाउनुभएको माया र साथ प्रति हामी आभारी छौँ । जति पनि गाडीहरु नाडा अटो शोमा बूक भएका थिए तिनीहरु सबै दशैँ अगाडि नै वहाँहरुको हातमा पु¥याइसक्ने उद्देश्यले हामीले यी गाडीहरुको डेलिभरी पनि सुरु गरिसकेका छौँ । आशा छ हाम्रा ग्राहकहरुले यो वर्षको दशैँ तिहार सिट्रोनको नयाँ गाडीसँग रमाइलो तरिकाले मनाउनु हुनेछ ।”
सिट्रोन आफ्ना ग्राहकहरूको नवीनतम आवश्यकताहरू पुरा गर्न ईनोभेटिभ र स्टाइलिश गाडीहरू बजारमा ल्याउन प्रतिबद्ध छ । सांग्रिला मोटर्स प्रा.लि.ले पोखरा र चितवन लगायत थापाथली, बिर्तामोड, इटहरी, विराटनगर, बुटवल, नेपालगंज, दाङ्ग र धनगढीमा पनि आफ्ना नयाँ शोरुमहरु विस्तार गरेको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया