संविधानसभा सदस्य चमार माओवादी प्रवेश

काठमाडौं । संविधानसभा सदस्य तथा नेकपा(एमाले) लुम्विनी प्रदेश कमिटी सचिवालय सदस्य शान्तीदेवी चमार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , माओवादी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्य सुमन लगायतले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर चमारले माओवादी प्रवेश गरेकी हुन् । उनीसँगै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रामविलास यादव र कपिलवस्तु जिल्ला कमिटी सचिवालय सदस्य सन्दिप मौर्यले पनि एमाले परित्याग गरेका छन् । उनीहरु सबै माओवादीमा प्रवेश गरेका हुन् ।
त्यस्तै, सामाजिक एवं राजनीतिक अभियन्ता संजय पासी पनि सोही कार्यक्रमबाट माओवादीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गराउँदै माओवादी अध्यक्ष प्रचण्डले उचित जिम्मेवारी पार्टीमा दिइने बताएका थिए ।
















कस्ताे रहला आज दिनभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बुधबार यी राशिहरूकाे भाग्य शुभ छ, हेर्नुहोस् राशिफल
अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया