मंगलबार, वैशाख ८, २०८३

नेपाल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त

मेरोन्यूज २०८० असोज १८ गते १२:५०

काठमाडौं । नेपाल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त भएकी छन्। बैंक सञ्चालक समितिको गत आइतबारको निर्णयअनुसार असोज १५ गतेदेखि लागू हुने गरी नायव सीईओ पन्तलाई कामु सीईओ नियुक्त गरिएको हो।

Advertisement
NiccNicc

कम्पनी सचिव केशवप्रसाद भण्डारीका अनुसार बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते सकिएपछि पन्तलाई कामु सीईओ नियुक्त गरिएको हो।

पन्तले विभिन्न जिम्मेवारीमा रही २ दशक बढीको बैंकिङ अनुभव संगालेकी छिन् । उनले एमबीएससम्मको अध्ययन गरेकी छन्।

प्रतिक्रिया